जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ‘माछापुच्छ्रे बैंकको रकम हिनामिना भएको घटनामा सम्बद्ध प्रतिनिधिनै दोषी’

‘माछापुच्छ्रे बैंकको रकम हिनामिना भएको घटनामा सम्बद्ध प्रतिनिधिनै दोषी’

केहि दिनदेखि माछापुच्छ्रे बैंकसँग सम्बन्धी समाचारका बारेमा बैंकले विज्ञप्ति जारी गरेर ध्यानआकर्षण गर्दै सम्बन्द्ध प्रतिनिधि नै दोषी रहेको जनाएको  छ । बैंकले रुपन्देहीका ग्रामीण क्षेत्रमा सञ्चालित शाखारहित बैंकिङ सेवामा ग्राहकको रकम हिनामिना भएको घटनामा सम्बद्ध प्रतिनिधिनै दोषी रहेको जनाएको हो।

यसबारे बैंकले शनिबार प्रष्टीकरण दिँदै दोषीविरुद्ध कारवाही अघि बढाइएको उल्लेख गरेको हो। रकम हिनामिना घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले प्रतिनिधिको लापरवाही भएको पाइएकाले कानुनी कारबाहीको प्रक्रिया अघि बढेको जनाएको छ।

बैंकले रुपन्देहीको समरीमाई-५ रोइनिहवा र लुम्बिनी सांस्कृतिक(२ मजहानामा स्थानीय सर्वसाधारणलाई सुलभ बैंकिङ सेवा दिन राष्ट्र बैंकको सर्तअनुसार शाखारहित ग्राहक सेवा केन्द्र (बीएलबी) राखेको थियो। उक्त केन्द्रबाट बैंकिङ सेवा दिनेमा निरन्जन पाठक र सिकन्द्र ठाकुरलाई बैंकले व्यवसायिक प्रतिनिधि नियुक्त गरेको थियो। निरीक्षणका क्रममा प्रतिनिधिहरुबाट भएका काममा कैफियत देखिएपछि उक्त सेवा केन्द्र बन्द गरिएको व्यहोरा बैंकले जनाएको छ।

उक्त सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम ुरियल टाइमुमा जम्मा हुने र सिस्टममार्फत नै भौचर ९रिसिप्ट० प्रिन्ट भई निक्षेपकर्तालाई दिनुपर्नेमा बैंक भौचरको अनधिकृत प्रयोग गरेको खुलेको बैंकले शनिबार जारी गरेको सूचनामा उल्लेख छ।

निज प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैंले खाइमासेको व्यवहोरा लिखितरूपमा नै स्वीकार गरिसकेकाले उनीहरुले स्वयं जिम्मेवार हुने पनि सूचनामा उल्लेख छ। ग्राहकलाई हस्तलिखित भौचर दिने र बैंकको अनलाइन सिस्टममार्फत रकम जम्मा नै नगरी आफैं राख्ने गरेको पाइएकाले उनीहरुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी दिइसकेको बैंकले जनाएको छ।

1600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका