जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एमालेको विभागमा नबस्ने विराटनगरका ‘एम अधिकारी’ को घोषणा

एमालेको विभागमा नबस्ने विराटनगरका ‘एम अधिकारी’ को घोषणा

नेपाल कम्युनिष्ट पार्टी एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी भन्ने व्यक्ति सम्पर्कमा आएका छन् । एमालेको अर्थ तथा योजना विभागमा आफुलाई राखिएको भनेर खबर आएपनि आफु उक्त समितिमा रहे नरहेको यकिन नभएको भन्दै अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उक्त समितिमा उल्लेखित नाम गभर्नर महाप्रसाद अधिकारी र आफूसँग मिल्दोजुल्दो भएको भन्दै उनले आफू समितिमा मनोनित भए नभएको यकिन हुन नसकेको समेत उनले बताएका छन् ।

यद्दपी आफुलाई मनोनित नै गरेको भएपनि अहिलेको असामान्य परिस्थिति तथा व्यक्तिगत कारणले आफु उक्त पद धारण गर्न असमर्थ रहेको समेत उनले जनाएका छन्।

केही दिनदेखि सामाजिक संजाल तथा केही संचार माध्यममा आफ्ना बारेमा समाचारहरु सार्वजनिक भएपनि स्पष्ट पार्न चाहेको भन्दै उनले एक सन्देशमार्फत यस बिषयबारे जानकारी गराएका हुन् ।

यस घटनाबारे स्पष्ट पार्दै उनले आफु नेकपा एमालेको सक्रिय सदस्य भएको स्वीकारेका छन्।

उनले लेखेका छन्, ‘भर्खर नेपाल चार्टड एकाउन्टेन्ट संघ एक्यान प्रदेश एक को प्रमुखमा निर्वाचित भएसंगै नेकपा एमालेको सक्रिय सदस्य भएको नाताले पार्टीले केहि महत्त्वपूर्ण जिम्मेवारी दिने कुरा चलिरहेको थियो।’

एक साता यता बिशेषगरि नेपालको राजनीतिक तथा आर्थिक क्षेत्रमा एम अधिकारीलाई लिएर बजारमा बिशेष चर्चा छ। गभर्नर महाप्रसाद अधिकारि नै एमालेको उक्त बिभागमा रहेको भन्दै सत्ता नेतृत्त्व गरिरहेको नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले समेत उनको राजिनामा मागेका छन्।

4315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका