जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १९ प्रतिशतले बढ्दा नाफा ४० करोडमाथि

नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १९ प्रतिशतले बढ्दा नाफा ४० करोडमाथि

नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९ ८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

१ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४९ करोड २७ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४० करोड १९ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको बीमा कोष ९५ करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ७५ करोड ३२ थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

समिक्षा अवधिमा कम्पनीले ४० करोडमाथि खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ४० लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ९ दशमव ८८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वषृको यसै अवधिमा कम्पनीले ६६ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा १९ प्रतिशतले बृद्धि हो ।यस अवधिमा कम्पनीले २९ करोडमाथि खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा २८ करोड १५ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी सामान्य बढी तिरेको हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २६ रुपैयाँ ७६ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १९६ रुपैयाँ ७० पैसा रहेको छ ।

800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?