जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • नागरिक लगानी कोषद्वारा ब्याजका दरमा परिवर्तन

नागरिक लगानी कोषद्वारा ब्याजका दरमा परिवर्तन

नागरिक लगानी कोषले सेवाग्राहीलाई दिँदै आएको ब्याजका दरमा साउन १ देखि लागु हुनेगरी परिवर्तन गरेको छ। कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषमा दिदै आएको ६.५  प्रतिशतको ब्याजदर बढाएर ८ प्रतिशत पुर्‍याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको ब्याजदर ९.५ प्रतिशत निर्धारण गरेको छ।

त्यसैगरी साउन १ देखि लागु हुने गरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १०.५ र सरल कर्जामा १०.५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा ७.५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत ब्याज दिने गर्ने निर्णय गरेको छ।

कोषले बीमातर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७.५ प्रतिशत ब्याज दिने निर्णय गरेको छ। कोषले बीमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षकसहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम सञ्चालनका लागि बीमा शुल्क संकलनको कार्य गर्दै आएको छ।

सरकारी कर्मचारीहरुबाट आगमी वर्षका लागि आवश्यक पर्ने बीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय बीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ।

5050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका