जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शुक्रबार मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

शुक्रबार मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको लागि मौद्रिक नीतिको मस्यौदा तयार भएकोले राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीतिको मस्यौदा तयार भइसकेकोले शुक्रबार सार्वजनिक गरिन लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘साउनको पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अनुसार नै हामी जुटेका छौं । मौद्रिक नीतिको मस्यौदा तयार भइसकेको छ । सम्भवतः शुक्रबार मौद्रिक नीति सार्वजनिक हुन्छ’, स्रोतले आर्थिक न्युजसंग भन्यो ।

मुलुकको अर्थतन्त्र नकारात्मक दिशामा रहेका बेला नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउनु पर्ने विज्ञहरुले सुझाव दिइरहेका छन् । राष्ट्र बैंकले पनि सोहि अनुसार मौद्रिक नीति ल्याउने तयारीमा रहेको छ । अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू प्रयोग गरेर मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी रहेको छ ।

2425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?