जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • विप्लव समूहको २१ नेता बैठकबाटै पक्राउ

विप्लव समूहको २१ नेता बैठकबाटै पक्राउ

नेपाल प्रहरीले प्रतिबन्धित विप्लव समूहको राप्ती ब्युरो बैठक स्थलमा घेरा हालेर २१ जना नेताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लवका दाजु चन्द्रबहादुर चन्द …बीरजंग’लगायत छन् ।

५ नं. प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर र जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले विशेष सुराकीका आधारमा बैठकस्थल घेरेर २१ जना नेतालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी विनोद विक्रम शाहले अनलाइनखबरसँग भने, ‘पक्राउ पर्नेमा समूहका केन्द्रीय सदस्यदेखि जिल्ला स्तरीय नेतासम्म छन्, अहिले जिल्लामा ल्याउने क्रममै भएकाले नाम खुलिसकेको छैन ।’

यद्यपि, जिल्लाका अर्का एक अधिकृतले पक्राउ पर्नेमा समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर पनि रहेको पुष्टि गरेका छन् । उनले भने, ‘पक्राउ पर्ने अन्यमा अधिकांश राप्ती ब्युरोका नेताहरु छन् ।’

राजपुरबाट गढवा चौकी हुँदै ती नेताहरुलाई जिल्ला प्रहरी कार्यालय, घोराहीमा ल्याएर हिरासतमा राखिने छ ।

10905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्