जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कुमारी बैंकले विद्युतीय सवारीसाधन कर्जा प्रदान गर्ने

कुमारी बैंकले विद्युतीय सवारीसाधन कर्जा प्रदान गर्ने

कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिका बीच ग्राहकलाई टाटा मोटर्सको विद्युतीय सवारीसाधन खरिद गर्नका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ।

पछिल्लो समय विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको र सोहीअनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउनेछ।

यस सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले टाटा मोटर्सको विद्युतीय सवारीसाधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यसका साथै कर्जाको अवधि ८ वर्षसम्म रहने प्रावधान गरिएको छ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

3455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका