जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकले ३९ प्रतिशतले बढायो नाफा, प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ बढी

एनआईसी एशिया बैंकले ३९ प्रतिशतले बढायो नाफा, प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ बढी

एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३९.१३ रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.९५ रुपैयाँले बढी हो । त्यस्तै, मूल्य आम्दानी अनुपात १७.७९ गुणा र प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ बढी छ । त्यस्तै, बैंकको स्व-पूँजीमा प्रतिफल (आरओई) १९.६५ प्रतिशत रहेको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको अनुमान छ ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा लगानीमा सामान्य सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको बैंकले गत आवमा २ खर्ब ८९ अर्ब रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जा लगानी पनि २ अर्ब ४८ करोड रुपैयाँबाट २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको एनपीएल घटेर ०.४९ प्रतिशतमा सीमित छ भने सीडी रेसियो बढेर ८६.२६ प्रतिशतमा पुगेको छ । त्यसैगरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र क्यापिटल कर्जरभेशन बफरसहित उक्त अनुपात ८.९३ प्रतिशत पुगेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रयमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाखभन्दा बढी खाताहरू मार्फत सेवा दिँदै आइरहेको छ । यो त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

2170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका