

सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबीच न्यून आर्थिक अवस्था भएका महिलालाई उपचार गर्न सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले अस्पताललाई आर्थिक सहयोग गर्नेछ।
बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुलाई उपचार गर्न वार्षिक ४ लाख ८० हजार रुपैयाँ दिनेछ। बैंकले नारी बचत खाता वापत मासिक एक रुपैयाँ नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ।
सम्झौतापत्रमा अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह र सानिमाका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाइँले हस्ताक्षर गरे।