जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रभु बैंकको लाभांश पाउने आज अन्तिम दिन

प्रभु बैंकको लाभांश पाउने आज अन्तिम दिन

प्रभु बैंकको प्रस्तावित १६ दशमलव ८४ प्रतिशत लाभांश पाउन कात्तिक २५ गते सोमबारसम्म शेयर कायम गर्नुपर्नेछ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न मंसिर ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गतेदेखि बुक क्लोज गर्नेभएकाले कात्तिक २५ गनेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । सो मितिसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन ।

कम्पनीले यस वर्ष कम्पनीले १६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कायम ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने भएको हो ।

9440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका