जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • बिओकेका ग्राहकलाई कोेरियन भाषा ईन्स्टिच्युटमा छुट

बिओकेका ग्राहकलाई कोेरियन भाषा ईन्स्टिच्युटमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकले कोेरियन भाषा ईन्स्टिच्युटमा छुट पाउने भएका छन् । बैंकले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५% छुट उपलब्ध गराउने भएको हो ।

यस छुट सम्झौता पश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारी पत्र अनुरुप रोजगार अनुपति प्रणाली ईपिएस अन्र्तगत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुकहरुले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल ईन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भाषा शुल्क भुक्तानी गर्नुभएमा २५% छुट पाउने छन् ।

नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारी अनुरुप रोजगार अनुमती प्रणाली अन्र्तगत वार्षिक ९ हाजर भन्दा बढि नेपाली नागरिकहरु कोरियन भाषा उत्तिर्ण गरि कामदारका रुपमा गणतन्त्र कोरिया गईरहेका छन् । थेयाङ हान्गुल ईन्स्टिच्युटले ललितपुरको ग्वार्कोबाट कोरियन भाषा पढि गणतन्त्र कोरिया जान इच्छुक महानुभावहरुलाई दक्ष तथा कोरियन भाषा विज्ञहरुबाट कक्षा संचालन गर्दै आईरहेको छ ।

बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

3050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै