जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मर्जरमा जाँदा कारोबार रोक्का नहुने निर्देशिका २ साता भित्र आउँछ : अध्यक्ष हमाल

मर्जरमा जाँदा कारोबार रोक्का नहुने निर्देशिका २ साता भित्र आउँछ : अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डले  मर्जरमा जाँदा कम्पनीको कारोबार रोक्का नहुने निर्देशिका २ साता भित्र  ल्याउने जनाएको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालले बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

उनले बोर्डमा धितोपत्र दर्ता गरेका संगठित संस्थाहरुको मर्जर, एक्विजिशन संगठित संस्था स्वामित्वमा लिने वा नियन्त्रण सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने बताएका छन्। उनले २ साता भित्र नै यस्तो निर्देशिका तयार पार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस अघि राष्ट्र बैंकले ,मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा कारोबार रोक्का नहुने बताएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नरका महाप्रसाद अधिकारीले अहिले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै  कारोबार रोक्का गर्नु पर्ने ब्यबस्था खारेज गरि अब मर्जर तथा प्राप्ति नेपाल धितोपत्र बोर्डको नियमन अनुसार गरिने बताएका थिए ।  सोहि अनुसार बोर्डले निर्देशिका बनाउने भएको हो ।

त्यस्तै धितोपत्र बोर्डले धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी लागू गरिने जनाएको छ।

2270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका