जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहको कार्यकाल चार वर्ष थपियो

लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहको कार्यकाल चार वर्ष थपियो

लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाहलाई निरन्तरता दिएको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिले ४ वर्षका लागि शाहलाई निरन्तरता दिने निर्णय गरेको हो।

लक्ष्मी बैंकले पछिल्ला दिनहरुमा संस्था भित्रैबाट नेतृत्व चयन गर्ने गरेको छ। यसअघि सुदेश खालिङ प्रमुख कार्यकारी अधिकृत थिए। सुमन जोशीले बैंक छाडेपछि भित्रैबाट खालिङलाई नेतृत्व दिइएको थियो।

लक्ष्मी बैंक यस्तो संस्था हो, जहाँको उच्च व्यवस्थापनमा वर्षौं अनुभव भएका बैंकरहरु छन्, जो जुनसुकै संस्थामा प्रमुख कार्यकारी अधिकृत हुनसक्ने क्षमता राख्छन्।

कोभिडलगायत कठिन समयमा पनि शाहको नेतृत्वमा बैंकले छुट्टै उचाइ र पहिचान बनाएको छ। मिहिन विश्लेषण क्षमता भएका शाहलाई बैंकिङ क्षेत्रमा बौद्धिक बैंकरका रुपमा पनि हेरिन्छ।

शाहले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन्। उनले त्यहाँ १० वर्ष काम गरेका थिए। लक्ष्मी बैंकमा उनी १९ बर्षदेखि कार्यरत छन्, त्यसमध्ये ४ बर्ष उनले प्रमुख कार्यकारी अधिकृत भएर चलाइसकेका छन्।

5045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका