जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ५ लाख ४० हजार आवेदकले पाए प्रभु लाइफको १० कित्ता, के भाग्यमानीमा तपाईं हो?

५ लाख ४० हजार आवेदकले पाए प्रभु लाइफको १० कित्ता, के भाग्यमानीमा तपाईं हो?

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर शुक्रबार बाँडफाँट भएको छ। बाँडफाटमा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन्।

कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार गरेको बाँडफाँटमा ५ लाख ११ हजार २ सय १६ जना आवेदकको हात भने खाली रह्यो।

कम्पनीको आइपिओमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएका थिए।  ती मध्ये २ हजार १ सय ६९ आवेदन रद्द भएका थिए। सदर भएका आवेदनमध्ये  १० लाख ४९ हजार ४७ लाई गोलाप्रथाबाट उक्त सेयर वितरण गरिएको हो।

कम्पनीले कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो। सो मध्ये सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख कित्ता छुट्याइएको थियो।

५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो।

आइपीओ बाँडफाँड भएसँगै प्रभु लाइफको चुक्ता पूँजी दुई अर्ब पुगेको छ।

5885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका