जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा, ११ प्रतिशत लाभांश प्रस्ताव

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा, ११ प्रतिशत लाभांश प्रस्ताव

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुस ७ गते ३६ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ११ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ११ प्रतिशत लाभांश र मेगा बैंकसँगको मर्जर प्रस्तावलाई समेत स्वीकृति दिनेछ ।

यस वर्ष बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मेगा बैंकसँगको मर्जर प्रकृयामा रहेको बैंकले मर्जर सम्बन्धि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ , साधारण सभा प्रयोजनाका लागि बैंकले मंसिर २१ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कारोबार भई मंसिर २९ गतेभित्र बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त नामसारीको लिखतको आधारमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

1665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका