जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • साल्ट ट्रेडिङको सञ्चालक समितिमा को–को ?

साल्ट ट्रेडिङको सञ्चालक समितिमा को–को ?

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको नमूनाको रुपमा रहेको साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडमा ७ जना सञ्चालकहरु निर्वाचित भएका छन् । कम्पनीको ५६औं वार्षिक साधारण सभाले सार्वजनिक शेयरधनीको तर्फबाट ७ जना संचालक निर्वाचित गराएको हो । कर्पोरेशनको सञ्चालकहरुमा प्रदिपलाल श्रेष्ठ, नारायणदास मानन्धर, राजेन्द्रमान शेरचन, राजेशकुमार श्रेष्ठ, सुनिल श्रेष्ठ र अञ्जन श्रेष्ठ निर्वाचित भएका हुन् ।

कर्पोरेशनको संचालकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट डा.नारायण प्रसाद रेग्मी र साविकको नेशनल ट्रेडिङ्ग लिमिटेड हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तर्फ मोहनप्रकाश चन्द रहेका छन् । कर्पोरेशनले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

1415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका