जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सेञ्चुरी बैंक अर्बपति क्लबमा, नाफा १ अर्ब ३५ करोड

सेञ्चुरी बैंक अर्बपति क्लबमा, नाफा १ अर्ब ३५ करोड

सेञ्चुरी बैंकले पहिलो पटक नाफा १ अर्ब कटाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ६२ करोड रुपैयाँ थियो ।

सेञ्चुरी बैंकले प्रभु बैंकसँग एक्विजेशनमा जाने निर्णय गरेको छ । बैंकले ब्याज आम्दानीबाट ३ अर्ब २० करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ४३ करोड रुपैयाँ थियो ।

९ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सेञ्चुरी बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ९१ करोड रुपैयाँ गरेको छ । गतवर्षको नाफाबाट मात्र बैंकले साढे ९ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

असार मसान्तसम्म बैंकमा ९८ अर्ब ९५ करोड रुपैयाँ निक्षेप तथा कर्जा ८८ अर्ब ८५ करोड रुपैयाँ छ । अघिल्लो वर्ष बैंकमा ९३ अर्ब ४९ करोड निक्षेप तथा कर्जा ७८ अर्ब थियो ।

बैंकको पुँजीकोष अनुपात १३.५४ प्रतिशत छ । १.५९ प्रतिशत खराब कर्जा छ । अघिल्लो वर्ष १.९८ प्रतिशत खराब कर्जा रहेको थियो । १०.२३ प्रतिशत बेसरेट छ । अघिल्लो वर्ष ७.८० प्रतिशत थियो ।

बैंकको स्प्रेडदर ३.२६ प्रतिशत अघिल्लो वर्ष रहेको यो वर्ष ४.०३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.२१ रुपैयाँ रहेको छ ।

2320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका