जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • महासंघमा समिति र फोरममा सभापति चयन

महासंघमा समिति र फोरममा सभापति चयन

नेपाल उद्योग वाणिज्य महासंघमा विभिन्न समिति तथा फोरममा सभापतिहरूको चयन भएका छ  । आइतबार महासंघ सचिवालयमा आयोजित समारोहका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले पदाधिकारीहरूको समुपस्थितिमा विभिन्न समिति तथा फोरमका सभापतिमा चयन भएका हुन ।

उद्योग समिति सभापतिमा भरतराज आचार्य, व्यापार समितिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिमा डि.बी.वस्नेत, महिला उद्यमी विकास समितिमा रिता सिंह, स्थल यातायात तथा पारवहन समितिमा प्रकाश सिंह कार्की, कर तथा राजस्व समितिमा संदीप कुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठ, सूचना तथा संचार प्रविधि विकास समितिमा मंगेशलाल श्रेष्ठ र बैंक, वित्त तथा बीमा समितिमा शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोेभेशन समितिमा रंजितराज आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य, स्वास्थ्य तथा शीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवद्र्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खडका, उर्जा तथा वातावरण समितिमा गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ

त्यसैगरी फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरममा ईन्जिनियर देश बन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पूँजी बजार फोरममा अम्बिका प्रसाद पौडयाल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ

5725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?