जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बीमितको हत्यामा संलग्न अभिकर्ता खाँको लाईसेन्स खारेज

बीमितको हत्यामा संलग्न अभिकर्ता खाँको लाईसेन्स खारेज

बीमा दाबीका लागि हत्या गरिएका सर्जन विक घटनामा संलग्न बीमा अभिकर्ता सरदार अहमद खाँको अभिकर्ता लाईसेन्स खारेज हुने भएको छ।

सो घटना सम्बन्धमा बीमा समितिले गरेको अध्ययनमा बीमा कम्पनी रिलायन्स लाइफलाई झुठा विवरण पेश गरि झुक्याएर आर्थिक हैसियत नभएको बीमितको साढे २ करोड रुपैयाँको बीमा गराएको तथ्य खुलेसँगै उनको लाईसेन्स खारेज र बीमा ऐन अनुसारको दण्ड जरिवाना असुल गरिने भएको छ। बीमा समितिले आवश्यक तयारी गरेर अनुसन्धान खारेज गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

बीमा समितिको संचालक समितिको बैठकले पनि रिलायन्स लाइफका अभिकर्ता खाँको लाईसेन्स खारेज गर्ने र ऐन अन्तर्गत कार्वाही गर्ने बिषयमा एक चरणको छलफल भएको एक संचालकले बीमापोष्टलाई बताए ।

नेपाल प्रहरीको सिआईबीले सुक्ष्म अनुसन्धानको क्रममा पत्ता लगाएको साढे दुई करोड रुपैयाँको बीमा दावी भुक्तानी लिनको लागि सर्जन बिकको हत्या गरिएको विषयलाई लिएर बीमा समितिमा अनुसन्धान भईरहेको छ ।

बीमा ऐन, २०४९ परिच्छेक ६ को बीमा अभिकर्ता, सर्भेयर र दलाल सम्बन्धी व्यवस्थाको दफा ३३ मा इजाजत पत्र खारेज हुने व्यवस्था रहेको छ । बीमा नियामवली २०४९ अन्तर्गत इजाजत पत्र खारेज हुने :(१) कुनै ८बीमा अभिकर्ता, सर्भेयर वा दलाल ले दफा ३१ बमोजिम आफनो इजाजत पत्र नवीकरण नगराएमा, बीमालेख लिनेको हक हित विरुद्ध वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरित कुनै काम गरेको छ भन्ने कुरामा समिति विश्वस्त भएमा समितिले त्यस्ता बीमा अभिकर्ता, सर्भेयर वा दलालको इजाजत पत्र खारेज गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम इजाजत पत्र खारेज गर्नु पूर्व समितिले निजलाई लगाइएको आरोप उपर स्पष्टीकरण पेश गर्न मनासिब समय दिनु पर्नेछ ।

इजाजत पत्र खारेज गर्नु पूर्व समितिले निजलाई लगाइएको आरोप उपर स्पष्टीकरण पेश गर्न मनासिब समय दिनु पर्नेछ । बीमा ऐन अनुसार १० हजार रुपैयाँ नगद जरिवाना लाग्नेछ । प्रहरीले आंशका गरेको रिलायन्स लाइफका अभिकर्ता सरदार अहमद खाँको लाईसेन्स खारेज र ऐन अनुसार जरिवाना गर्ने छलफल भएको छ ।बीमा समितिले छानविनको क्रममा सरदार अहमद खाँ विरुद्ध नै प्रमाणहरु भोटिएको कारण उनको लाईसेन्स खारेज गर्ने तयारी भईरहेको स्रोतले जनाएको छ ।

2465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका