जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीहरुले कमाए साढे १० अर्ब बीमा शुल्क, सलिको, सिद्धार्थ प्रिमियर र शिखरको १ अर्ब बढी

निर्जीवन बीमा कम्पनीहरुले कमाए साढे १० अर्ब बीमा शुल्क, सलिको, सिद्धार्थ प्रिमियर र शिखरको १ अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले साढे १ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्म १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीबीच कुल बीमा शुल्क आर्जनमा कडा प्रतिस्पर्धा भएको देखिन्छ । यी ती कम्पनीले तीन महिनामा १ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् ।

तीन महिनाको अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९४ करोड ८३ लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ८६ करोड १५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ८४ करोड ३ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ७० करोड १८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ६७ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस्तै, सानिमा जिआईसी इन्स्योरेन्सले ५९ करोड ९४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ५२ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३७ करोड ५२ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ३७ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

1175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका