जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • साउनयता ९५ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप

साउनयता ९५ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप

साउनयता वाणिज्य बैंकहरुको निक्षेप ९५ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित बनेको छ। गत असार मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो। यो हिसाबले निक्षेप ९५ अर्ब रुपैयाँले घटेको छ।

एनबीएका अनुसार वाणिज्य बैंकहरुको निक्षेप साउनको पहिलो साता ६३ अर्ब रुपैयाँ, दोस्रो साता २८ अर्ब रुपैयाँ र तेस्रो साता ४ अर्ब रुपैयाँले घटेको छ।

यसैगरी साउन लागेता वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ९ अर्ब रुपैयाँले घटेको छ। योसँगै साउन २० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी घटेर ४१ खर्ब ६६ अर्ब रुपैयाँमा झरेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो।

बैंकहरुको कर्जा लगानी साउनको पहिलो साता १० अर्ब रुपैयाँ र दोस्रो साता १ अर्ब रुपैयाँले घटेको थियो। तेस्रो साता भने कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ। साउन २० गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.६९ प्रतिशत रहेको एनबीएले जनाएको छ ।

5445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?