

नेपाल स्टक एक्सचेन्स (नेप्से) मा हिमालयन बैंकको बोनस शेयर सूचीकृत भएको छ । बुधबार बैंकको २ करोड २८ लाख ४३ हजार २४८ दशमलव ९७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१.३८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।