जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कप्तान रोहितले भने– उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुनेछ 

कप्तान रोहितले भने– उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुनेछ 

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुने बताएका छन् । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा रहेका रोहितले आइतबार सामाजिक सञ्जालमार्फत विश्वकपमा राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव आफ्नो प्रयास हुने बताएका हुन् ।

उनले लेखेका छन्,‘दश वर्षको पर्खाइपछि नेपाल राष्ट्रको सपना साकार पार्दै दोस्रोपटक टी–२० विश्वकप क्रिकेटमा सहभागी हुँदैछौँ । अमेरिका र वेस्ट इन्डिजमा हुने यस प्रतियोगितामा छनौट हुन र सुखद नतिजा ल्याउन निरन्तर हौसला प्रदान गर्नुहुने तपाईँ सबै क्रिकेट प्रेमी दर्शक, कोच, क्यान तथा हामीलाई माया गर्नुहुने सबैजना हाम्रो प्रेरणाका श्रोत हुनुहुन्छ । राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव हाम्रो प्रयास हुनेछ । सधैँजस्तो यसपटक पनि तपाईँहरू सबैको निरन्तर माया र हौसलाको अपेक्षा गर्दछौँ !’

3495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका