जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • ललितपुरको टौखेलमा एभरेष्ट बैंकको ११८ औं शाखा विस्तार

ललितपुरको टौखेलमा एभरेष्ट बैंकको ११८ औं शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडले ललितपुरको टौखेलमा आफ्नो ११८ औं शाखाको उद्घाटन गरेको छ । सो कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प रत्न शाक्य, गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे, गोदावरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अरनिको समाजका कार्यकारी सदस्य राजन महर्जन, एभरेष्ट बैंकका नायब महाप्रबन्धकद्घय केशव राज पौडेल तथा आषुतोश शर्मा, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती, लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसै उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् ।

4435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका