जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको अधिकांश सूचकमा बृद्धि

एनएलजी इन्स्योरेन्सको अधिकांश सूचकमा बृद्धि

एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/ ७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

१ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३१ करोड ११ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४२ करोड ४१ लाख रुपैयाँ थियो । महा विपत्ति कोषमा ५ करोड १२ लाख रुपैयाँ छ । यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब १४ करोड २२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिसम्ममा २३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १४ प्रतितशले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ७१ करोड ९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा ५५ करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधमा कम्पनीले ४५ करोड ५४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ४३ पैसा रहेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ९० करोड १२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ९१ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी दाबी रकम रहेको

1305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका