जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटलमा १० प्रतिशत छुट

एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटलमा १० प्रतिशत छुट

एभरेष्ट बैंकले पोखराको होटल स्नो पीकसँग साझेदारी गरेको छ । एभरेष्ट बैंक र होटल स्नो पीकबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो ।

साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

5670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका