जोडिनुहोस
सोमवार, चैत्र २४, २०८१
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल स्मार्टमा नयाँ सुविधा

माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल स्मार्टमा नयाँ सुविधा

माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल स्मार्ट मा स्मार्ट लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको छ ।

उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् ।

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन अगेन्स्ट फिक्स डिपोजिट सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्नेछन् ।

यस एमबीएल स्मार्ट एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिष्ट्रेसन गर्न सकिने, मोवाईलफोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने जनाएको छ ।

त्यस्तै, क्रेडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्युआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेका छन् ।

बैंकले एमबीएल स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याईरहेको छ ।

3005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?