जोडिनुहोस
आइतवार, फाल्गुन २०, २०८०
आइतवार, फाल्गुन २०, २०८०
  • होमपेज
  • मुल्यवृद्धि र नीतिगत दर सन्तुलनमा रहनेगरी माैद्रिक नीतिकाे समीक्षा : गर्भनर अधिकारी

मुल्यवृद्धि र नीतिगत दर सन्तुलनमा रहनेगरी माैद्रिक नीतिकाे समीक्षा : गर्भनर अधिकारी

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले आगामी दिनमा मूल्य वृद्धि कम हुने जानकारी दिएका छन । शुक्रबार राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले मुद्रास्फीति दर चालु आर्थिक वर्षको चौथो महिना (कात्तिक मसान्त) सम्ममा घट्ने बताएका हुन ।

गर्भनर अधिकारीले मुद्रास्फीति दर र नीतिगत दर सन्तुलनमा रहने जानकारी दिएका छन । ‘हामीले कात्तिकसम्मको तथ्यांकको आधारमा मौद्रिक नीति समीक्षा गरेका छौं ।’ गर्भनर अधिकारी भन्छन, ‘अहिले तपाईंहरुसँग उपलब्ध राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अशोज मसान्तसम्मको मात्र भएको कारण मद्रास्फीति दर भन्दा नीतिगत दर कम भएको जस्तो लागेको हो । कात्तिक महिनाको तथ्यांकमा मद्रास्फीति दर कम हुन्छ ।’

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकमा मद्रास्फीति दर ७.५० प्रतिशत रहेको छ । यसैगरी, राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षामा नीतिगत दर ५.५ प्रतिशत कायम गर्ने भनेको छ । यस अघि यस्तो नीतिगत दर ६.५ प्रतिशत रहेको थियो ।

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका