जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अल्पकालिन लगानीकर्ताको पूँजीगत लाभकर ५० प्रतिशतले बढ्यो

अल्पकालिन लगानीकर्ताको पूँजीगत लाभकर ५० प्रतिशतले बढ्यो

सरकारले अल्पकालिन लगानीकर्ताको लागि पूँजीगत लाभकर बढाएको छ । सरकारले जरी गरेको आर्थिक अध्यादेश अनुसार एक वर्ष भन्दा कम समयमा खरिद बिक्री भएर पूँजी लाभ भएमा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गरिएको छ । साथै एक वर्ष भन्दा लामो समय होल्ड गरेर बिक्री गरेर आर्जन भएको पूँजीगत लाभको हकमा भने ५ प्रतिशत नै कायम गरिएको छ ।

अध्यादेशको दफा १४ मा नेपाल धितोपत्र बोर्डमा सूचिकण भएको नियकामा तीन सय पैसठ्ठी दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा ५ प्रतिशत र तीन सय पैसठ्ठी दिन भन्दा कम अवधिको स्वामित्वमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा ७ दशमलब ५ प्रतिशतले कर लाग्नेछ भनिएको छ ।

हाल अल्पकालिन तथा दिर्घकालिन दुबै प्रकृतिका लगानीकर्ताहरुका लागि समान पूँजीगत लाभकरको व्यवस्था रहेको छ । यस वर्ष देखि सरकारले अल्पकालिन र दिर्घकालिन लगानीकर्ता भनेर वर्गिकरण गर्दै करको गणना विधि पनि परिवर्तन गरेको हो ।

आर्थिक अध्यादेश २०७८ मा ‘बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको ५ प्रतिशत भन्ने शब्दहरुको सट्टामा बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीन सय पैसठ्ठी दिन भन्दा बढिको अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र तीन सय पैसठ्ठी दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलब ५ प्रतिशत भन्दा शब्दहरु राखिएका छन् ।’

4365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका