जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • आक्रामक “अर्गानिक ग्रोथ” गर्दै एनसीसी बैंक, आव ७८/७९ को रिपोर्ट यसरी भयो लोभलाग्दो ?

आक्रामक “अर्गानिक ग्रोथ” गर्दै एनसीसी बैंक, आव ७८/७९ को रिपोर्ट यसरी भयो लोभलाग्दो ?

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) ले आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै सबैलाई चकित बनाएको छ। करिब ५२ प्रतिशतले खुद मुनाफा वृद्धि गर्न सफल याे बैंक निक्षेप र कर्जा प्रवाहमा पनि आक्रामक रुपमा प्रस्तुत भएको छ । तरलताले काकाकुल भएको आर्थिक वर्ष ०७८/७९ मा बैंकले २६ प्रतिशत माथि निक्षेप संकलन गर्न सफल भएको छ भने २८ प्रतिशत माथि कर्जा प्रवाह गर्न सफल भएको छ ।

जगेडा कोषको रकम ११ प्रतिशतले वृद्धि गर्न सफल यस बैंकको संचित मुनाफा करिब ७० प्रतिशतले वृद्धि भएको छ । जगेडामा संचित रकम वृद्धि हुनुले बैंकलाई दीर्घकालीन रुपमा बलियो बनाउँदै लैजान्छ । खुद मुनाफामा आकर्षक वृद्धि गर्न सफल यस बैंकको प्रतिशेयर आम्दानी पनि ४७ प्रतिशत माथिको वृद्धि भएको छ । प्रतिशेयर आम्दानी वृद्धि हुँदै जानु शेयरधनीको कोणबाट निकै राम्रो मानिन्छ ।

शेयरधनीको हिसाबले निकै महत्वपूर्ण मानिने वितरणयोग्य मुनाफा बैंकले शतप्रतिशत भन्दा धेरै वृद्धि गर्न सफल भएको छ । प्रमुख आम्दानीको श्रोतको रुपमा रहेको खुद व्याज आम्दानी पनि करिब ३२ प्रतिशतले वृद्धि हुँदा बैंकले अर्गानिक ग्रोथ हासिल गरेको बुझ्न सकिन्छ ।

सन् १९९६ मा नेपाल – बैंक अफ सिलोन लिमिटेडको रूपमा दर्ता भएको यस बैंकमा सुरुमा बैंक अफ सिलोन, श्रीलंकाको लगानी थियो । बैंक अफ सिलोनबाट बैंकको शेयर र व्यवस्थापन नेपाली प्रवर्द्धकहरूलाई हस्तान्तरण गरेपछि बैंकको नाम १० सेप्टेम्बर, २००२ मा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, (एनसीसी बैंक) मा परिवर्तन भएको थियो ।

आर्थिक वर्ष ७३/७४ मा ७ प्रतिशत माथि रहेको निस्क्रिय कर्जा अहिले २ प्रतिशत भन्दा कम छ । यसलाई बैंक व्यवस्थापनको ठूलो सफलताको रुपमा लिन सकिन्छ।

बैंकको अध्यक्षमा उपेन्द्रकेशरी न्यौपाने छन् भने अन्य संचालकमा मोहनबहादुर बस्नेत, ईमान सिंह लामा, चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र स्वतन्त्र संचालकमा राजाराम खड्का कार्यरत छन् ।

सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक सदस्यहरु

बैंककाे प्रमुख कार्यकरी अधिकृतमा रमेशराज अर्याल कार्यरत छन् । त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृतमा बन्दना पाठक, रेवन्त कुमार दाहाल र सन्दिप प्रसाद पाण्डे कार्यरत छन् । यस बैंकमा नागरिक लगानी कोषको सर्वाधिक लगानी रहेको छ। बैंकमा कोषको ३ दशमलव ९० प्रतिशत शेयर स्वमित्व रहेको छ । त्यस्तै निर्मल प्रधानको नाममा ३ दशमलव ८७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

बैंकको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :

खुद मुनाफामा आकर्षक वृद्धि :
आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ३३ करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म २ अर्ब २ करोड खुद मुनाफा पुर्याउन सफल भएको छ ।

खुद मुनाफामा करिब ५२ प्रतिशत माथिको वृद्धि भएको छ । सम्पूर्ण वाणिज्य बैंकले औसतमा २३ प्रतिशतको मुनाफा वृद्धि गर्न सफल भएकोमा यस बैंकले औसत भन्दा दोब्बर मुनाफा वृद्धि गर्न सफल भएको छ।

प्रतिशेयर आम्दानीमा आकर्षक वृद्धि :
खुद मुनाफामा आकर्षक वृद्धिको कारणले गर्दा कम्पनीले प्रतिशेयर आम्दानी पनि वृद्धि गर्न सफल भएको छ। प्रतिशेयर आम्दानीमा ४७ प्रतिशत माथिको वृद्धि देखिएको छ । अघिल्लो वर्ष १२ रुपैयाँ ३२ पैसा रहेको प्रतिशेयर आम्दानी अहिले १८ रुपैयाँ १५ पैसा छ।

प्रमुख आम्दानीको श्रोतमा करिव ३२ प्रतिशतको वृद्धि :
बैंकहरुको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा करिब ३२ प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब १४ करोड खुद व्याज आम्दानी गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ४ अर्ब १५ करोड खुद व्याज आम्दानी पुर्याउन सफल भएको छ ।

बैंकका सीईओ तथा उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीहरु

संचालन मुनाफामा ३९ प्रतिशत माथिको वृद्धि :
संचालन मुनाफामा ३९ प्रतिशत माथिको वृद्धि हुँदै २ अर्ब ६७ करोड पुगेको छ ।

वितरणयोग्य मुनाफामा निकै ठूलो वृद्धि :
वितरणयोग्य मुनाफा १०६ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४७ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य मुनाफा ७१ करोड ४७ लाख थियो ।

जगेडा कोष बलियो हुँदै :
बैंकको जगेडाकोष ११ प्रतिशतले वृद्धि हुँदै गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ८४ करोड पुगेको छ भने संचित मुनाफा ६९ प्रतिशतले वृद्धि १ अर्ब ४७ करोड पुगेको छ ।

निक्षेप र कर्जा प्रवाह :
असार मसान्तसम्म बैंकले १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा निक्षेप संकलन २६ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह भने २८ प्रतिशतले वृद्धि भएको छ ।

किताबी मूल्य :
बैंकको प्रतिशेयर नेट्वर्थ (किताबी मूल्य) १४७ रुपैयाँ ७९ पैसा छ ।

खराब कर्जा असुलीमा बैंक सफल :
आर्थिक वर्ष ७३/७४ मा ७ दशमलव ४९ प्रतिशत रहेको निस्क्रिय कर्जा अहिले २ प्रतिशत भन्दा मुनी ल्याउन बैंक सफल भएको छ।

1665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?