जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • प्रभु क्यापिटलको तीज लक्षित ‘प्रभु ऐश्वर्या’ योजना, लगानी व्यवस्थापन सेवा शुल्क नलाग्ने

प्रभु क्यापिटलको तीज लक्षित ‘प्रभु ऐश्वर्या’ योजना, लगानी व्यवस्थापन सेवा शुल्क नलाग्ने

प्रभु क्यापिटलले तीजलाई लक्षित गर्दै प्रभु ऐश्वर्या योजना ल्याएको छ। योजना अन्तर्गत लगानी व्यवस्थापन (पिएमएस) सेवा लिँदा वार्षिक सेवा शुल्क नलिने कम्पनीले जनाएको छ। कम्पनीले भदौं १४ देखि भदौं ३१ गतेसम्म यो योजना लागु हुने जनाएको छ। कम्पनीका अनुसार दैनिक रुपमा अनलाइनबाटै पोर्टफोलियो हेर्नेसक्ने र साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाइनेछ।

प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुनसक्ने र पोर्टफोलियो सुरु गरिसकेको जनाएको छ।

कम्पनीले योजनाबाट महिलालाई आर्थिक रुपमा सबल बनाउने उदेश्य राखिएको जनाएको छ। कम्पनीका अनुसार न्यूनतम तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सकिन्छ।

3950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका