जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सिटी एक्सप्रेसको चाडपर्व लक्षित कार्यक्रम, एकजना बम्पर विजेतालाई पाँच तोला सुन पाउने

सिटी एक्सप्रेसको चाडपर्व लक्षित कार्यक्रम, एकजना बम्पर विजेतालाई पाँच तोला सुन पाउने

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठलाई लक्षित गर्दै लगातार ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ। योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना एक जनालाई १ तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एकजना बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अफर भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने जनाएको छ। यो अवधिभरी कम्पनी मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुने बताइएको छ।

विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने बताइएको छ। यो योजनामा कम्पनीमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएको छ। सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ।

2970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका