जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले बिहीबार १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो माघ १९ गते परिपक्व हुने यो रिपो भोलि दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।

यसअघि राष्ट्र बैंकले गत पुस १४ गते ४५ दिने ५० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो। यो रिपो यही माघ २९ गते परिपक्व हुनेछ। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।

3855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका