जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मुक्तिनाथमा मुद्दती खाता खोल्दा साढे २२ लाखसम्मको बीमा, न्यूनतम ५ लाख रुपैयाँ राख्नुपर्ने

मुक्तिनाथमा मुद्दती खाता खोल्दा साढे २२ लाखसम्मको बीमा, न्यूनतम ५ लाख रुपैयाँ राख्नुपर्ने

मुक्तिनाथ विकास बैंकले साढे २२ लाख रुपैयाँसम्मको बीमा दिने मुक्तिनाथ उत्कृष्ट मुद्दती योजना ल्याएको छ

पाँच लाख रुपैयाँ सम्म राखेर खाता खोल्नेले यो रकम बराबरको बीमा पाउने बैंकले जनाएको छ।

योजना अनुसार व्यक्तिगत मुद्दती खातामा न्यूनतम पाँच लाख रुपैयाँसम्म मौज्दात खाता खोल्ने ग्राहकले १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा, दुई लाखको घातक रोग बीमा र ५० हजारको आवधिक जीवन बीमा र परिवारको कुनै एउटा सदस्यको समेत १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुविधा दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

योजनामा ग्राहकले एक वर्षदेखि दुई वर्षसम्मको मुद्दती खाता खाता खोल्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार मुद्दती खाता खोल्ने समयावधिसम्मको बीमा हुनेछ।

5165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका