जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ९ कम्पनीको लाभांश घोषणा, यी ३ कम्पनीका सेयरधनीले तिहार अघि पाउने

९ कम्पनीको लाभांश घोषणा, यी ३ कम्पनीका सेयरधनीले तिहार अघि पाउने

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरलाई विभिन्न ९ वटा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हालसम्म कुमारी बैंक, सिटिजन्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), अरुण काबेली पावर, रु रु जलविद्युत परियोजना, नेपाल ल्युब आयल निगम, बोटलर्स नेपाल बालाजु र तराइ र सानिमा माई हाइड्रोपावर कम्पनले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

जसमध्ये विभिन्न ३ कम्पनीले तिहारअघि नै आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छन् । नेपाल ल्युब आयल, सिटिजन्स बैंक, रु रु जलविद्युत परियोजनाले तिहारअघि नै सेयरधनीलाई लाभांश वितरण गर्ने भएका हुन् । यी कम्पनीहरुले तिहार अघि नै वार्षिक साधारण सभा बोलाएका छन् । यसपटक तिहार कात्तिक १० गते परेको छ ।

कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ता गरेको हो । बैंकले बोनस सेयर वितरण नगर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ ।

यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । साथै बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित आगामी कात्र्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाल बिहान ११ बजे काठमाडौंमा हुनेछ ।

यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले कर समेत गरी सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ ।

यी तीन वटै बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

यस्तै, अरुण काबेली पावर कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, रु रु जलविद्युत परियोजनाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले लाभांश पारित गर्न कार्तिक ४ गते १७ औँ वार्षिक साभारणसभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले असोज २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस्तै, नेपाल ल्युब आयल निगमको सञ्चालक समितीको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव सहित असोज २८ गते ३१ औं वार्षिक साधारण सभा आह्वान गरिसकेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यस्तै, बोटलर्स नेपाल (बालाजु) को सञ्चालक समितीको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, बोटलर्स नेपाल (तराई) को सञ्चालक समितीको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरूलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ११ औं वार्षिक साधारण सभा कार्तिक २ गते बोलाएको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ असोज १२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरिसकेको छ । त्यसैले, असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् ।

1785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका