जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई श्रीकृष्ण पोलीक्लिनिकमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई श्रीकृष्ण पोलीक्लिनिकमा विशेष छुट

कुमारी बैंक लिमिटेड र रुपन्देहीको देवदह–५ खैरेनीस्थित श्रीकृष्ण पोलीक्लिनिक प्रालिबीच छुट सम्झौता भएको छ।

कुमारी बैंकका ग्राहकलाई श्रीकृष्ण पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले श्रीकृष्ण पोलीक्लिनिकबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्दा ओपीडी शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया÷ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ। यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटीएम, ५० शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।

2845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका