जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भयो बीमा विधेयक, पुन: प्रतिनिधि सभामा पेस हुने

राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भयो बीमा विधेयक, पुन: प्रतिनिधि सभामा पेस हुने

बीमा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत गरेको छ। मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा सन्देशसहित प्राप्त बीमा विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए। अर्थमन्त्री शर्माले पेस गरेको बीमा विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रतिनिधि सभाले साउन २९ गते बीमा विधेयक पारित गरेको थियो। बीमा विधेयक करिब ४ वर्षपछि पारित भएको हो।

बीमा विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएसँगै अब पुन: प्रतिनिधि सभामा पेस हुनेछ। त्यसपछि प्रतिनिधि सभाले स्वीकृत गरेपछि राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि जानेछ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि विधेयक कानूनको रुपमा कार्यान्यनमा आउनेछ। बीमा विधेयक कार्यान्यनमा आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने व्यवस्था छ।

3480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका