जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब १६ करोड खुद ब्याज आम्दानी गर्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब १६ करोड खुद ब्याज आम्दानी गर्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ५२ करोड खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले अन्य बाणिज्य बैंकभन्दा धेरै नाफा कमाएको हो ।

शुक्रबार प्रकाशित वित्तीय विवरण अनुसार गत वर्षको समीक्षा अवधिको भन्दा ३३.४७ प्रतिशत बढी हो । गत वर्ष १ अर्ब १४ करोड रुपैयाँ कमाउको थियो । समीक्षा अवधिसम्म बैंकले ४ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, सञ्चालन नाफा ५९.९० प्रतिशतले बढेर २ अर्ब ६० करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ र जगेडा कोषमा २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ छ । बैंकको एनपीएल बढेर ४.८३ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका