जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ब्रोकर लाइसेन्स लिन बैंकहरु तात्दै

ब्रोकर लाइसेन्स लिन बैंकहरु तात्दै

बैंकहरु ब्रोकर लाइसेन्सका लागि तातेका छन् । सहायक कम्पनी स्थापना गरेर आवस्यक पूँजी जुटाउन थालेका छन् । कुमारी बैंकले के.वि.एल सेक्युरिटिज, मेगा बैंकले मेगा स्टक मार्केट्स, एनआइसी एशिया बैंकले एनआइसी एशिया सेक्युरिटिज, सानिमा बैंकले सानिमा सेक्युरिटिज र सिटिजन बैंकले सि.बि.आइ.एल सेक्युरिटिजको विशेष साधारणसभा आह्वान गरेका छन् ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमै बैंकलाई सहायक कम्पनी मार्फत ब्रोकर कम्पनी खोल्न पाउने व्यवस्था गरे सँगै केहि बैंकहरुले विधिवत रुपमै सहायक कम्पनी स्थापना गरिसकेका थिए । तर बैंकलाई ब्रोकर लाइसेन्स दिने या नदिने विषय लामो समय विवादित बन्यो । यसले गर्दा सहायक कम्पनी स्थापना भए पनि प्रकृयाँ अगाडी बढेको थिएन ।

अहिले तिनै बैंकका सहायक कम्पनीको रुपमा स्थापना भएका कम्पनीहरुले आवस्यक प्रकृयाँ अगाडी बढाएका हुन् । कतिपयले विशेष साधारणसभा आह्वान गरेर धितोपत्र बोर्डले प्रस्ताव गरे बमोजिमको पूँजी कायम गर्न पूँजी बढाउने विशेष प्रस्ताव गरेका छन् ।

ब्रोकर कम्पनी दर्ता गर्दा चुक्ता पूँजी ५/१० करोड रुपैयाँ मात्रै थियो । तर धितोपत्र बोर्डले धितोपत्र व्यवसायी ‘धितोपत्र दलाल तथा व्यापारी’ नियमावलीको चौथो संशोधन मार्फत नयाँ स्थापना हुने ब्रोकरको लागि न्युनतम चुक्ता पूँजी २० करोड, ५० करोड र एक अर्ब ५० करोड रुपैयाँसम्म कायम गरेको छ । शेयर खरिद बिक्री मात्रै गर्ने ब्रोकरको न्युनतम चुक्ता पूँजी २० करोड तोकिएको छ । त्यस्तै पूर्ण कार्य गर्नेहरुलाई शेयर खरिद बिक्रीसहित मार्जिन कारोबार, लगानी परामर्श, लगानी व्यवस्थापन र निक्षेप सदस्यसम्बन्धी कार्य गर्नको लागि ६० करोड रुपैयाँ तोकिएको छ । स्टक डिलरको लाइसेन्सका लागि एक अर्ब ५० करोड रुपैयाँ तोकिएको छ ।

यहि व्यवस्था अनुसार बैंकहरुले सहायक कम्पनीहरुको चुक्ता पूँजी बढाउने विशेष प्रस्ताव गरेका हुन् । के.विएल सेक्युरिटिजले असोज २४ गते विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले २ करोडबाट २० करोड पुर्याउने विशेष प्रस्ताव गरेको छ ।

मेगा स्टक मार्केटले असोज २३ गते विशेष साधारणसभा आह्वान गरेको छ । मेगाले पनि पूँजी बृद्धि लगायत प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव गरेको छ । एनआईसी एशिया सेक्युरिटिजले असोज २३ गते पूँजी बृद्धिको विशेष प्रस्ताव सहित विशेष साधारणसभा आह्वान गरेको छ ।

सानिमा सेक्युरिटिजले पनि असोज २३ गते पूँजी बृद्धिको विशेष प्रस्ताव सहित साधारणसभा बोलाएको हो । सि.बि.आइ.एल सेक्युरिटिजले चुक्ता पूँजी २ करोडबाट २० करोड पुर्याउने विशेष प्रस्ताव सहित असोज २३ गते नै विशेष साधारणसभा बोलाएको हो ।

नेपाल धितोपत्र बोर्डले यहि असोज २ गते तीस दिनको म्याद दिएर ब्रोकर लाइसेन्सका लागि प्रस्ताव आह्वान गरेको थियो । इच्छुकले यहि असोज ३१ गते भित्रमा आवेदन दिइसक्नु पर्नेछ । त्यसैले पनि बैंकका सहायक कम्पनीहरुले दशै लगत्तै असोज २३ गते साधारणसभा आह्वान गरेका हुन् । यस बाहेक अन्य बैंकहरुले पनि सहायक कम्पनी स्थापना गरिसकेका छन् ।

 

1930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका