जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै बैंकले दिने तीन करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण हुने बैंकले जनाएको छ । यसअघि माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि’ अन्तर्गत प्रवाह भएका शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत ७ लाख रुपैयाँसम्म कर्जा सुरक्षण गर्दै आइरहेको छ ।

यस्तै वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा तथा दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत लगानी भएका १० लाख रुपैयाँसम्म र महिला उद्यमशीलता कर्जा अन्तर्गत लगानी भएका १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाहरुको कर्जा सुरक्षण गर्दै आइरहेको बैंकले जनाएको छ ।

1695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका