जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • युनाइटेड फाइनान्सलाई गाभेर नबिल बैंकले थाल्यो एकीकृत कारोबार,

युनाइटेड फाइनान्सलाई गाभेर नबिल बैंकले थाल्यो एकीकृत कारोबार,

नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गरेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ। नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले एकीकृत कारोबारको उद्घाटन गरेका छन्।

दुवै संस्थाबीच वैशाख १७ गते प्राप्तिबारे सम्झौता भएको थियो। नेपाल राष्ट्र बैंकले गत १८ गते अन्तिम स्वीकृति दिएपछि आजबाट एकीकृत कारोबार भएको हो। नबिल बैंकको नामबाटै एकीकृत कारोबार सुरु भएको छ।

नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो। अर्थात्, प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयरबराबर नबिलको ३५ कित्ता कायम भएको छ।

नबिल बैंकले पहिलोपटक संस्था प्राप्ति गरेको हो। नबिल र युनाइटेड दुवै विदेशी संयुक्त लगानीका वित्तीय संस्था हुन्।

नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा भारतको मुथूट फाइनान्सको लगानी छ। नबिलमा जस्तै युनाइटेडमा पनि चौधरी समूहको लगानी छ। युनाइटेडमा वसन्त चौधरीको लगानी छ।

नबिल बैंकको अन्तिम सेयर मूल्य १२९७ रुपैयाँ छ। युनाइटेडको ४२३ रुपैयाँ छ। अहिले युनाइटेडको सेयर कारोबार रोक्का छ।

नबिलको मर्जरअघि चुक्ता पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ थियो। साबिकको युनाइटेडको एक अर्ब चार करोड थियो। अब युनाइटेडको पुँजीबाट नबिलमा ३६ करोड ४२ लाख रुपैयाँ थपिएर पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

अहिले नबिलको जगेडा कोष १७ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ थियो र युनाइटेडको ६१ करोड ९१ लाख रुपैयाँ थियो। यसबाहेक सेयर आदानप्रदान अनुपातबाट अर्को ६७ करोड ६५ लाख रुपैयाँ पनि जगेडा कोषमा थपिएको छ। यसले गर्दा अब नयाँ बैंकको जगेडा कोष १८ अर्ब ८२ करोड २५ लाख रुपैयाँको भएको छ।

चैतसम्मको वित्तीय विवरणलाई आधार मान्दा युनाइटेडको ८ अर्ब ३७ करोड निक्षेप थपिएर २ खर्ब १६ अर्ब ७० करोड पुगेको भने ऋण ६ अर्ब २७ करोड थपिएर २ खर्ब नाघेको छ।

4730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका