जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेशनल लाईफका राई सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मानित

नेशनल लाईफका राई सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मानित

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड’का सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा प्रेमकुमार राई सम्मानित भएका छन् । कम्पनीले आज आयोजना गरेको एक कार्यक्रमकाबीच देशभरबाट सबैभन्दा आकर्षक र उच्च व्यवसाय गर्न सफल शाखाको रुपमा उदयपुरको गाईघाट शाखा प्रमुख राई सम्मानित भएका हुन् ।

एक दशकभन्दा बढी समयअघिदेखि कारोबार सुरु भएको गाईघाटमा शाखा स्थापना कालदेखि नै राई प्रमुखको रुपमा कार्यरत छन् । कम्पनीको कुल नेपालभर बिभिन्न जिल्लामा रहेका १०१ शाखामध्येबाट उत्कृष्ट घोषित भएका राईलाई काठमाडौंस्थित चन्द्रगिरी हिल्स एण्ड रिसोर्टमा आयोजित कार्यक्रममा खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सम्मानित भएपछि ३६ औँ शाखा गाईघाटको स्थापना हुदा देखेको सपना आबद्ध कर्मचारी र अभिकर्ताहरुको सहयोगबाट सार्थक भएको राईले प्रतिक्रिया दिएका छन् ।

कम्पनीको आधिकारिक वेबसाईटका अनुसार करिब ९ लाख बढीलाई प्रत्यक्ष बीमा सेवा दिदै आएको नेशनल लाइफको १ नम्बर प्रदेशमा मात्र २० वटा शाखा रहेको कम्पनीले बताएको छ

5205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका