जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • प्रभु बैंक र एलपी ग्यास उद्योग संघबीच सम्झौता, पीओडी जारी गर्न गैरकोषमा आधारित जमानत कर्जा

प्रभु बैंक र एलपी ग्यास उद्योग संघबीच सम्झौता, पीओडी जारी गर्न गैरकोषमा आधारित जमानत कर्जा

प्रभु बैंक र नेपाल एलपी ग्यास उद्योग संघबीच बैंकिङ सेवा विस्तार गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल एलपी ग्यास उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष गोकुल भण्डारीले हस्ताक्षर गरेका छन्।

बैंकले संघमा आवद्ध सदस्यहरुलाई नेपाल आयल निगमबाट एलपी ग्यास खरिद र ढुवानी प्रयोजनका लागि पर्चेज डेलिभरी अर्डर (पीओडी) जारी गर्न गैरकोषमा आधारित बैंक जमानत कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। संघका सबै सदस्यहरुले प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गर्ने सम्बन्धी सम्झौता पनि भएको छ।

सम्झौतापछि संघका सदस्यहरु लाभान्वित हुने विश्वास बैंकको छ।

4505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका