जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु टिभीले आईपिओ निष्काशन गर्दै, प्रभु डिजिटल लिमिटेड कम्पनीमा रुपान्तरण

प्रभु टिभीले आईपिओ निष्काशन गर्दै, प्रभु डिजिटल लिमिटेड कम्पनीमा रुपान्तरण

नेपालका बैंक, बीमा कम्पनी तथा औद्योगिक क्षेत्रमा ठूलो लगानी गर्दै आएको प्रभु ग्रुपले सञ्चालन गर्दै आएको प्रभु टिभीले आईपिओ निष्काशन गर्ने भएको छ । सो ग्रुप अन्तर्गत सञ्चालित प्रभु डिजिटल प्रालिले आईपिओ निष्काशन गर्नको लागि पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन हुने भएको छ ।

दुर सञ्चार सम्बन्धी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिले सञ्चालन गरेको सेवालाई प्रभु डिजिटल लिमिटेडको नाममा सञ्चालन गर्न अनुमति दिइसकेको जनाएको छ । यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संसोधन गरिसकेको छ ।

प्रभु डिजिटल प्रालिले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा संचालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपिटिभी÷ओटिटि सेवा समेत संचालन गरिरहेको छ । प्रभु डिजिटलको आईपिओ सम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

7385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका