जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नबिल बैंकको कोर बैंकिंग प्रणाली अपग्रेड गर्न गरिदै, ४ दिन सेवा प्रभावित हुने

नबिल बैंकको कोर बैंकिंग प्रणाली अपग्रेड गर्न गरिदै, ४ दिन सेवा प्रभावित हुने

आउँदो असार ४ गते शुक्रवार देखि सोमबारसम्म नबिल बैंकको ग्राहक सेवामा समस्या हुने भएको छ। यस सम्बन्धी बैंकले जारी गरेको सूचना अनुसार  शुक्रवार असार ४ गते अपराह्न ४ बजे देखि सो बैंकको कोर बैंकिंग प्रणाली (सीबीएस) अपग्रेड गर्न लागिएको हो ।

सो प्रणालीको स्तरोन्नति (अपग्रेडेशन) प्रक्रियाको क्रममा बैंकले प्रयोग गरिरहेको सीबीएस बन्द हुने जनाइएको छ। यसरी स्तरोन्नति चलिरहेको बेला बैंकले ग्राहकलाई   प्रदान गर्दै आएको सम्पूर्ण बैंकिंग सेवा बन्द रहने छ।

त्यसैले ५ गते शनिवार पुरै दिन, ६ गते आइतबार पुरै दिन र ७ गते बिहान ९ बजेसम्म सो बैंकको सबै शाखा बन्द रहने सूचनामा उल्लेख छ।  त्यसै गरी सो समयमा इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एटिएम, कार्ड र रेमिटेन्स सेवा समेत बन्द रहने छ।

बैंकले सो समयमा सबै सेवा बन्द हुने हुँदा सो समयमा गर्ने पर्ने कामको लागि त्यस अघि नै बैंकलाई जानकारी गराउन पनि सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ।

8985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका