जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कामना सेवाले १७ करोड नगद लाभंश बाँड्ने

कामना सेवाले १७ करोड नगद लाभंश बाँड्ने

कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल बाँड्ने पारित गरेको छ ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी रु. २ अर्ब, ५४ करोड १ लाख ९५ हजार ३ सय ५२को ६.८ प्रतिशतका दरले हुन आउने रकम रु. १७ करोड २७ लाख ३३ हजार २ सय ८४ रुपैयाँ नगद लाभाँश  वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको बैंकका अध्यक्ष्य सुदिप आचार्यले बताए ।

बिहीबार काठमाडौं डिल्लीबजार स्थित अमृत भोग क्याटेरर्समा मा सम्पन्न भएको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
बैंकका अध्यक्ष्य आचार्यले उक्त साधारणसभामा बैंकको आर्थिक वर्ष २०७५÷०७६ को वासलात, नाफा÷नोक्सान हिसाब, नगदप्रवाह विवरण र सो सँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गरेको थियो ।

साथै, बैंकले गरेका रणनीतिक लगानीबाट भविष्यमा दिगो प्रतिफल आर्जन गरी बैंकलाई अझै सवल, सक्षम र सुरक्षित बैंकको रुपमा स्थापित गर्नमा टेवा पुग्ने उक्त साधारण सभामा बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको दीर्घकालिन रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

साधारणसभामा बैंकका सञ्चालक चतुराखर अधिकारीले शेयरधनी महानुभावहरु लगायत उपस्थित सबैलाई मन्तव्य मार्फत स्वागत गरेको थियो भने सञ्चालक भिम प्रसाद तुलाचनले धन्यवाद ज्ञापन गरेको थियो ।

शेयरधनीहरुले उठाएका विभिन्न जिज्ञासाहरुको जवाफ बैंक सञ्चालक समितिका अध्यक्ष्य सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले दिएको थियो भने कार्यक्रमको सञ्चालन कम्पनी सचिव हरि प्रसाद लम्सालले गरेको थियो ।

5650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?