जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीका नव नियुक्त सिइओ शेखर बरालले सम्हाले कार्यभार, प्राथमिकतामा लेखापरीक्षण र साधारणसभा

राष्ट्रिय बीमा कम्पनीका नव नियुक्त सिइओ शेखर बरालले सम्हाले कार्यभार, प्राथमिकतामा लेखापरीक्षण र साधारणसभा

राष्ट्रिय बीमा कम्पनीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् । भाद्र २३ गते बसेको सञ्चालक समितिको बैठकले बराललाई आजदेखि लागु हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

कम्पनीको सञ्चालक समितिले  बराललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिको लागि बीमा समिति समक्ष स्वीकृतका लागि पेश गरेको थियो । उक्त प्रस्ताव बीमा समितिले सोमबार (आज) नै  बराललाई सिईओ नियुक्ती गर्न राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको थियो।

बरालले रणनीति बनाएर अगाडी बढ्ने र आफ्नो प्राथमिकतामा बाँकी रहेका आर्थिक वर्षहरुको लेखापरीक्षण गर्ने र साधारणसभा ६ महिना  भित्र सक्ने मुख्य काम रहेको जानकारी दिए ।

बीमा र बैङ्किङ्ग क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बरालसँग सुर्य लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी  सम्हालिसकेको अनुभव छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेका बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गरेका छन् ।

1195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका