जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा

कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा

सरकारले धेरै लामो समयदेखि प्रतिवद्धता जनाउदै आएको कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्रालयले बीमा समितिलाई एक अर्ब रुपैयाँ निकासा भएको जानकारी दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

गत साता बसेको मन्त्रिपरिषदको बैठकले एक अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बीमा समितिलाई हरेक बैठकमा रकम निकासा गर्ने प्रतिवद्धता मात्रै दिदै आएको थियो । तर यस पटक भने एक अर्ब निकासा गर्ने निर्णय गरेको हो । रकम बीमा समितिको खातामा आइसकेको छैन तर निर्णय भइसकेकोले रकम खातामा भने आउनेछ ।

कोरोना बीमा मार्गदर्शन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो ।

जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी गरिसकेका छन् । १२ अर्ब भन्दा बढी दावी भुक्तानी बाँकी रहेको कम्पनीले जनाउदै आएका छन् । कोरोन बीमा मापदण्ड अनुसार साढे तीन अर्ब भन्दा माथिको दायित्व सरकारले बेहोर्नुपर्ने रहेको छ । तर सरकारले यतिका समय वितिसक्दा पनि उक्त रकम भुक्तानी गर्न आनाकानी गर्दै आइरहेको छ । सरकारले एक अर्ब रुपैयाँ मात्रै निकासा गरेकाले यो भोलिका दिनमा दाबी भुक्तानीका क्रममा सबैभन्दा धेरै विवादित बन्ने पक्का छ ।

1525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका