जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एनआइसी एशिया बैंकले पनि बढायो ब्याजदर

एनआइसी एशिया बैंकले पनि बढायो ब्याजदर

एनआइसी एशिया बैंकले पनि ब्याजदर बढाएको छ । साउन १ गतेदेखि लागू हुनेगरी आज (आइतबार) नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकले मुद्दति निक्षेपमा ब्याजदर बढाएको हो । बैंकले प्रकाशति गरेको नयाँ ब्याजदर अनुसार साउन १ गतेदेखि मुद्दति निक्षेप राख्ने व्यक्तिले १०.९३ प्रतिशतसम्म ब्याजदर पाउने भएका छन् । बैंकले ३ महिनादेखि १५ वर्षका व्यक्तिगत मुद्दति निक्षेपमा उक्त ब्याजदर दिने जनाएको छ ।

मासिकरुपमा जम्मा गरी मुद्दतिमा कन्भर्ट हुने योजनामा पनि बैंकले व्यक्तिलाई सोही ब्याजदर दिने भएको छ ।

त्यस्तै, ६ महिनादेखि १५ वर्षसम्मका लागि संस्थागत मुद्दति निक्षेप राख्नेले पनि ८.९३ प्रतिशत ब्याजदर पाउने भएका छन् ।

त्यस्तै, बचततर्फ न्यूतम ६.०७३ देखि अधिकतम ८.०७३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।

बैंकले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म कर्जामा ब्याज लिने जनाएको छ । जेठ मसान्तमा बैंकको आधार दर १०.३५ प्रतिशत छ ।

बैंकबाट फिक्स्ड रेटमा ऋण लिनेले १४.९९ प्रतिशत ब्याजदरमै कर्जा पाउने जनाएको छ ।

सबै बैंकले शनिबार साँझ नै पत्रिकालाई सूचना दिएर आइतबार बिहानै राष्ट्रिय दैनिक पत्रिकामार्फत् नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । तर, एनआइसी एशियाले भने कुनै पनि दैनिक पत्रिकामा ब्याजदर सम्बन्धी सूचना प्रकाशन गरेन । उनले सबै बैंकको ब्याजदर हेरेर आइतबार दिउँसो वेवसाइडमार्फत् नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

 

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका