जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल पुनर्बीमा कम्पनीको सातौं साधारणसभा सम्पन्न

नेपाल पुनर्बीमा कम्पनीको सातौं साधारणसभा सम्पन्न
नेपाल पुनर्बीमा कम्पनीको सातौं साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ० दशमलव २६३२ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गरेको थियो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

1790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका